Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

किसान आकर्षित नहुँदा मासिदै जौँ खेती 

किसान आकर्षित नहुँदा मासिदै जौँ खेती 


  • 3.0K
    Shares

    किसान आकर्षित नहुँदा मासिदै जौँ खेती 
    images

    रुकुम । रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा  पछिल्लो समय  बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजाआजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।

    पाँच/छ वर्षअघिसम्म यही समयमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटमा सबैका बारीमा जौँ उम्रिएर हरियाली देखिन्थ्यो । अहिले ती सबै खेतबारी खाली छन् । स्थानीय वीरेन्द्र बुढाले ती खेतबारी अहिले घोडा/खच्चड, भेडाबाख्रा बथानको चरिचरन गर्ने क्षेत्र बनेका बताउनुभयो । मकै भित्र्याएपछि खाली भएका ती बारी अब अर्को याममा मकै नरोप्दासम्म खाली नै रहने गरेको उनले बताए ।

    उनले भने“ पहिले सबैले बारीमा जौँखेती हुने  गर्दथ्यो । पछि विस्तारै मानिसले जौँखेती गर्न छाड्दै गए ।” मैकोटका सबैले मकै भित्र्याएपछि खेतबारी बाँझै राखेर एक यामभरि वस्तुभाउको चरिचरन गर्ने क्षेत्र बनाउने गरेका छन् । 

    जौँखेती गर्दै आएका मैकोटका चामबहादुर कामीले पछिल्लो समय आफूले जौँखेती नगरेको जानकारी दिए । “पहिले जौँ उत्पादन हुँदा त्यसैको सातु, ढिडो बनाएर खाने गरिन्थ्यो”, उनले भने, “जौँबाट बनेका परिकार खानलाई पनि मीठो र स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्थ्यो ।” वस्तुभाउलाई दानाका रूपमा पनि जौँ प्रयोग गरिन्थ्यो । अहिले भने आफूलाई आवश्यक पर्दा चाहिने जौँसमेत उत्पादन हुन छाडेको उनको भनाइ छ ।

    मैकोटमा छाडा पशुचौपायाबाट बाली जोगाउन गाह्रो हुने र जौँ भित्र्याउने बेलामा स्थानीय यार्सा सङ्कलन गर्न जाने हुँदा पछिल्लो समयमा जौँखेती हराउँदै गएको मैकोटका अर्का स्थानीय विकास पुनले बताए । यस्तै भूमे गाउँपालिकाको पनि थोरै ठाउँमा मात्र जौँखेती गरिँदै आइएको छ । सिस्ने गाउँपालिकाको पनि केही ठाउँमा मात्र जौँखेती हुने गरेको छ ।

    एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत मानिसले भात रुचाउने र जौँबाट बनेका परिकार मन नपराउने हुँदा जौँखेती गर्न छाड्दै जान थालेको थलराज बस्नेतले बताए । उनले भन्नुभयो“विगतका तुलनामा जौँखेती मात्र नभई रैथाने बालीहरू लोप हुँदै गएका छन् ।”  

    प्रकाशित मिति :पौष १ २०८० आइतवार - ०७:५९:३० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij