Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्सेको उत्साह एकदिन पनि टिकेन घट्यो नेप्से, ५ महिनायताकै उच्च कारोबार

नेप्सेको उत्साह एकदिन पनि टिकेन घट्यो नेप्से, ५ महिनायताकै उच्च कारोबार


  • 3.2K
    Shares

    नेप्सेको उत्साह एकदिन पनि टिकेन घट्यो नेप्से,  ५ महिनायताकै उच्च कारोबार

    काठमाडौँ । मौद्रिक नीतिको समीक्षा लगत्तै एकाएक उचालिएको सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन ।  कारोबार रकम भने पाँच महिनाकै उच्च हो ।

    यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो । त्यसयता कारोबार रकम ५ अर्ब पुग्न सकेको छैन ।

    उच्च कारोबारका बाबजुद पनि सेयर बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा १५.४० अंक घटेको छ । अघिल्लो दिन तीन पटक सर्किट लागेर बजार १११ अंक बढेको थियो ।

    सोमबार कुल ८१ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा समूह भने १.३ प्रतिशत बढ्यो ।

    बैंकिङ १५, विकास बैंक ८०, फाइनान्स २२, होटल तथा पर्यटन ७६, जलविद्युत् १४, जीवन बीमा ७९, अन्य १७ र व्यापार उपसमूह ३१ अंक घटे । निर्जीवन बीमा १४६, माइक्रोफाइनान्स १५ र उत्पादन समूह १३ अंक बढे ।

    प्रकाशित मिति :मंसिर २५ २०८० सोमवार - १५:३१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij