Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दोहोरो अंकमा बढ्यो नेप्से, २ अर्ब ७९ करोड रुपैयाँको कारोबार

दोहोरो अंकमा बढ्यो नेप्से, २ अर्ब ७९ करोड रुपैयाँको कारोबार


  • 2.7K
    Shares

    दोहोरो अंकमा बढ्यो नेप्से,  २ अर्ब ७९ करोड रुपैयाँको कारोबार

    काठमाडौं । बिहीबार पनि नेप्सेको वृद्धिले निरन्तरता पाएको छ । अघिल्लो दिन जम्मा ३ अंकले बढेको बजार बिहीबार भने ११.७३ अंकले बढ्यो । अघिल्लो दिन १ अर्ब १४ करोडको कारोबार भएकोमा बिहीबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ ।

    नेपाल पुनर्बीमा कम्पनी र ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको उच्च कारोबारले समग्र कारोबार रकम बढ्न गएको हो । बिहीबारको कारोबार असोज ४ गते यताकै उच्च हो ।

    कुल १७५ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ८ को स्थिर रह्यो । केही दिनअघिसम्म जीवन बीमा समूहमा देखिएको लगानीकर्ताको आकर्षण बिहीबार भने निर्जीवन बीमामा सरेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.१ प्रतिशत बढ्यो । जलविद्युत् समूह १ प्रतिशत बढ्यो ।

     

    प्रकाशित मिति :मंसिर २१ २०८० बिहिवार - १५:२२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij