२०८२ भाद्र २ गते सोमवार
सोमबार नेप्से परिसूचक ३.४२ अंकले घटेको छ। यस दिन नेप्से ०.१८ प्रतिशतले घटेर १८४७.८१ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन ९६ करोड ४० लाख १० हजार ४३१ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रूपैयाँ पुगेको छ।
यस दिन २९२ वटा धितोपत्रको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर किनबेच भएको हो। सोमबार समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.०६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १२२ रूपैयाँ पुगेको छ।
यस्तै, एनएमबी डिवेञ्चर ८.५०%–२०८७/८८ को मूल्य ५.९८ प्रतिशतले बढेर प्रति डिवेञ्चर मूल्य ८३१ रूपैयाँ १० पैसा पुगेको छ। सोमबार दुई वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij