Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

श्रीमतीको हत्यापछि भारतमा लगेर शव फाल्ने युवक सिराहाबाट पक्राउ

श्रीमतीको हत्यापछि भारतमा लगेर शव फाल्ने युवक सिराहाबाट पक्राउ


  • 2.1K
    Shares

    श्रीमतीको हत्यापछि भारतमा लगेर शव फाल्ने युवक सिराहाबाट पक्राउ

    सिरहा जिल्ला सदरमुकामसमेत रहेकाे सिरहा नगरपालिका- १५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई प्रहरीले श्रीमती हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।

    ३० वर्षीया श्रीमती संजिता कुमारी यादवको हत्या अभियोगमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

    गत हप्ता श्रीमतीका् हत्या गरी फरार भएका यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले भारतीय सीमा नजीकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।

    घरायसी विवादका क्रममा उनले इँटा र बाँसको भाटाले मरणासन्न हुनेगरी कुटपीट गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।

    हत्यापछि उनले श्रीमतीको शव भारतको मधुबनी जिल्लाको खजोली थाना अन्तर्गत सलरा भन्ने ठाउँमा लगेर झाडीमा फालेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमपछि प्रहरीले परिवारको जिम्मा लगएको छ। यादव दम्पतिका ५ जना छोरा छोरी छन्। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए। 

    प्रकाशित मिति :मंसिर १४ २०८० बिहिवार - ०८:०६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij