Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज ४७.७५ अंकले बढ्यो नेप्से, कारोबार कति ?

आज ४७.७५ अंकले बढ्यो नेप्से, कारोबार कति ?


  • 2.9K
    Shares

    आज ४७.७५ अंकले बढ्यो नेप्से, कारोबार कति ?

    आज ४७.७५ अंकले बढेको बजार १९०७.९५ विन्दुमा पुगेको छ।

    उच्च अंकले बढेको बजारमा २ अर्ब १ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ३३ करोडको कारोबार भएको थियो। पछिल्लो ३७ कारोबार दिनपछि २ अर्बको कारोबार भएको छ। पछिल्लो समय दैनिक १ अर्ब कारोबार आज २ अर्ब  करोड १७ लाख ६३ हजार रुपैयाँ पुगेको छ।

    आज १८५९.२४ विन्दुमा खुलेको बजार निरन्तर बढेर २.५६ प्रतिशतले वृद्धि भएको छ। बढेको बजारमा २१४ कम्पनीको सेयरमूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ।

    त्यसैगरी, तीन कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ। आज छयादी हाइड्रोपावर र भवगति हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक  सर्किट लागेको छ।

    नेप्सेमा सोनमपुर मिनिरल कम्पनीको सर्वाधिक ११ करोड ६६ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोडको कारोबार भएको छ। इन्फिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक २.४७ प्रतिशतले घटेको छ।

    प्रकाशित मिति :मंसिर १० २०८० आइतवार - १५:३६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij