Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नबिल बैंकले गर्‍यो ११ प्रतिशत लाभांश घोषणा

नबिल बैंकले गर्‍यो ११ प्रतिशत लाभांश घोषणा


  • 3.2K
    Shares

    नबिल बैंकले गर्‍यो ११ प्रतिशत लाभांश घोषणा

    काठमाडौँ । नबिल बैंकले अहिलेसम्मकै कम लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत वर्ष २०७९/८० को नाफाबाट ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    बिहीबार बिहान बसेको सञ्चालक समितिको ६४४औं बैठकले गत वर्षको सञ्चित नाफाबाट ११ प्रतिशत लाभांश दिने निर्णय भएको जनाएको छ । सञ्चालक समितिको निणर्यअनुसारको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

    नबिल बैंकले यसअघिका १० वर्ष ३० प्रतिशतभन्दा कम लाभांश दिएको थिएन । आव २०७८/७९ को नाफाबाट कम्पनीले सेयरधनीलाई १८.५ प्रतिशत बोनस र ११.५ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिएको थियो ।

    बैंकले आव २०७७/७८ मा ३८, आव २०७६/७७ मा ३५.२६, आव २०७५/७६ र २०७४/७५ मा ३४/३४ तथा आव २०७३/७४ मा ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - ०७:५३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij