२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । दाङको तुलसीपुरमा एउटा कोठामा दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू सो कोठा भाडामा बस्दै आएका थिए ।
मृतक पूर्णबहादुरकी श्रीमती माइत रुकुमबाट फर्केपछि शवको पोस्टमार्टम गर्ने प्रहरीको तयारी छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । तर, आत्महत्या हो वा हत्या हो भन्ने खुलिसकेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij