Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

यसरी मारे चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा

यसरी मारे चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा


  • 3.6K
    Shares

    यसरी मारे चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा
    images

    चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन्। निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन्।

    निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन्। छ वर्षको गैँडाको खाग काटिएको देखिएको र अर्को ठूलो गैँडाको खाग नै नभएको तिवारीले जानकारी दिए।

    छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको तिवारीले बताए।  सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ। बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको निकुञ्ज प्रशासनले जनाएको छ। 

    यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलोपटक गैँडा मरेका हुन्। प्राकृतिक कारणले यस वर्ष पाँचवटा गैँडा मरेका छन् । गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए।

    प्रकाशित मिति :मंसिर १ २०८० शुक्रवार - १०:५४:३३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij