२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२ हजार ७१५ पीसीआर परीक्षण गरिएको मध्ये आज (मंगलवार) ५९ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ । मंगलवार ६० संक्रमित निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।
मंगलवार १ संक्रमितको मृत्यु भएको छ । हालसम्म मुलुकभर ३ हजार १२ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij