Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भिजन लुम्बिनी उर्जाको आइपीओमा आजदेखि आवेदन खुला, कति कित्तासम्मको लागि दिन सकिन्छ आवेदन ? 

भिजन लुम्बिनी उर्जाको आइपीओमा आजदेखि आवेदन खुला, कति कित्तासम्मको लागि दिन सकिन्छ आवेदन ? 


  • 2.6K
    Shares

    भिजन लुम्बिनी उर्जाको आइपीओमा आजदेखि आवेदन खुला, कति कित्तासम्मको लागि दिन सकिन्छ आवेदन ? 

    काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आज बिहीबार (कात्तिक १६ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको हो । 

    यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । 

    भिजन लुम्बिनी उर्जा कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ रहेको छ । चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् १ अर्ब ९१ रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा र सर्वसाधारण सेयरधनी समूहको हिस्सा २० प्रतिशत रहनेछ । 

    कम्पनीले आर्थिक वर्ष २०८२–८३ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ पुँजी नै यथावत् रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म २९ करोड २८ लाख ११ हजार रुपैयाँ नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । 

    त्यस्तै, २०८१—८२ मा ३३ करोड ८७ लाख ३३ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । साथै, आर्थिक वर्ष २०८१—८२ मा ३८ करोड ३९ लाख ८२ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १४ पैसा कायम हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८१–८२ सम्ममा प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७१ पैसा हुने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ८५ पैसा हुने प्रक्षेपण छ । 

    प्रकाशित मिति :कार्तिक १६ २०८० बिहिवार - ०९:१०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij