Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

बालविवाह गरेका महिला र बालबालिका कानूनी अधिकारबाट वञ्चित    

बालविवाह गरेका महिला र बालबालिका कानूनी अधिकारबाट वञ्चित    


  • 9.8K
    Shares

    बालविवाह गरेका महिला र बालबालिका कानूनी अधिकारबाट वञ्चित    

    बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् । कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका भइसक्दा पनि उनीहरुले न त विवाह दर्ता गर्न पाएका छन् न छोराछोरीको जन्मदर्ता । यसरी घटना दर्ता गर्न नपाएपछि उनीहरु चिन्तामा छन् ।     
         
    टीकापुरको एकतानगरकी लक्ष्मी आउजीले १३ वर्षको कलिलो उमेरमा विवाह गर्नुभयो । खेल्ने, पढ्ने उमेरमा विवाह गरेकी लक्ष्मीले विवाहपछि धेरै समस्यासँग जुध्नुपर्यो । अहिले २२ वर्ष टेकेकी लक्ष्मीका तीन सन्तान छन् । खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा तीन बच्चा हुर्काइरहेकी लक्ष्मीको न अहिलेसम्म विवाह दर्ता भएको छ न उहाँका बच्चाको जन्मदर्ता । “बालकै हुँदा विवाह भयो, बच्चैमा बच्चा हुर्काउनुपर्यो”, लक्ष्मी भन्नुभयो, “दुई बच्चा विद्यालय जाने उमेरका भइसके, अहिलेसम्म विवाह दर्तासमेत भएको छैन । अब त उमेर नपुगी गर्न मिल्दैन भन्छन्, मलाई त चिन्ता पो लाग्छ ।”     
         
    लक्ष्मीलाई यतिखेर आफ्नोभन्दा सन्तानको पीडाले पोल्छ । आफूले जिन्दगी बर्बाद गरे पनि बच्चाको जिन्दगी राम्रो होस् भन्ने लक्ष्मीको चाहना छ । “मैले कम उमेरमा विवाह गरेको सजाय भोगिसकेँ, अब मेरा बच्चाले यस्तो पीडा भोग्न नपरोस् भन्ने चाहना छ”, उहाँले भन्नुभयो, “अब मेरो छोराछोरीको जन्मदर्ता नभए उनीहरुले भविष्यमा अधिकार नपाउने हुन् कि भन्ने पिर बढेको छ ।”     
         
    लक्ष्मीजस्तै मधु परियारलाई पनि बालविवाह गरेका कारण समस्या भएको छ । पन्ध्र वर्षको उमेरमा विवाह गरेकी मधुले पनि विवाह दर्ता र छोराको जन्मदर्ता नभएको बताउनुभयो । “मैले कम उमेरमा विवाह गरेका कारण विवाह दर्ता भएको छैन, विवाह दर्ता नभएका कारण बच्चाको जन्मदर्तासमेत छैन”, मधुले भन्नुभयो, “घटना दर्ता नभएसम्म कानूनीरूपमा सुरक्षित भइन्न भन्छन् । पढ्ने उमेरमा विवाह गरियो, अब पछुताउनुपरेको छ ।”     
         
    चौध वर्षको विद्यालय जाने उमेरमा विवाह गर्नुभएकी सुशीला सुनार पनि पढ्न लेख्न नपाएकामा पछुताउनुभएको छ । “आफूसँगका साथीहरु पढेलेखेका जागिरे छन् । पढ्ने उमेरमा विवाह गरेर पढाइलेखाइबाट वञ्चित भएँ”, उहाँ भन्नुहुन्छ, “कसैले उमेर नपुग्दै, लेखपढ नसकी विवाह नगर्नुहोला । जीवन निकै पीडादायी हुन्छ ।”     
         
    अभिभावकको लापरवाहीका कारण विपन्न बस्ती तथा शिविरमा अहिले पनि बालबालिका सानै उमेरमा विवाह गर्ने गरेको स्थानीयवासी पदम दमाइको भनाइ छ । “अभिभावकले छोराछोरी पढाउनुभन्दा विवाहलाई प्रोत्साहन गर्छन्, छोरी ठूली भए विवाह गरिदिए ढुक्क हुने ठान्छन्”, दमाइले भन्नुभयो, “त्यसको नतिजा छोरीको जीवन बर्बाद हुन्छ । छोरीले जीवनभरि दुःख पाउँछे । अभिभावक सचेत बन्न जरुरी छ ।”     
         
    बालविवाह गरेर समस्या भोगेका आमाहरु भने बालविवाह गर्न नहुने बताउन थालेका छन् तर समाजमा गलत परम्पराका रूपमा रहेको बालविवाह भइरहेको छ । स्थानीयवासी नन्दादेवी विकले आफूले शिविरमा बालविवाह हुन थालेको जानकारी पाए रोक्ने गरेको भए पनि अभिभावकले भागी विवाहलाई प्रोत्साहन गरेका कारण रोक्न नसकिएको बताउनुभयो । “विवाह भए त हामी रोक्छौँ, यहाँ भागी विवाह गरेर भारत जाने चलन छ”, उहाँ भन्नुहुन्छ, “भारत जानेलाई कसरी रोक्नु रु भारत पुगिसकेपछि हामीलाई थाहा हुन्छ । एकैपटक बच्चा जन्माएर नेपाल आउँछन् ।”     
         
    बीस वर्षमुनिका किशोरकिशोरीले विवाह गरेपछि उनीहरुको विवाह दर्तासमेत हँुदैन । रासस

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - ११:३४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij