Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

श्रीनगर एग्रीटेकले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

श्रीनगर एग्रीटेकले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट


  • 2.8K
    Shares

    श्रीनगर एग्रीटेकले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

    काठमाडौँ ।  श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १३ प्रतिशतले हुन आउने अंकित मूल्य १०० रुपैयाँ दरको १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता बराबरको आइपिओ जारी गर्ने भएको हो । आइपिओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैङ्किङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

    सम्झौता पत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैङ्किङ्ग लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे । 

    श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयमा बिधिवत दर्ता भई सञ्चालनमा रहेको छ । कम्पनीको रजिष्टार कार्यालय काठमाडौँ महानगरपालिका - १ थिरवम सडक, टङ्गाल काठमाडौँमा रहेको छ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड नेपालकै पहिलो आइएसओ ९००१ः२०१५ प्रमाणित एकिकृत कृषि व्यवसाय हो ।

    श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले कृषि अन्तर्गतको व्यवसाय इ.सं.२००२ मा श्रीनगर एग्रो फार्मको स्थापना गरेको थियो । फार्म अन्तर्गत ह्याचरी तथा ब्रिडरबाट कुखुराको चल्ला उत्पादन गर्दै इ.स. २०१७ देखि श्रीनगर एग्रीटेक इण्डष्ट्रिज प्रा.लि.बाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरू गर्दै कम्पनीले शुद्धोधन–४ रूपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा ल्याएको छ ।

    कम्पनीले व्यापार विस्तारको क्रममा बुटवल, रूपन्देहीमा बधशालाको स्थापना गर्ने योजना गरेको छ । कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोक्तामाझ ल्याउनको लागि प्रशोधन केन्द्र तथा शीतभण्डारको स्थापना गर्ने योजना रहेको छ ।

    कम्पनीले, श्रीकिसान इनोभेसन हवको माध्यमबाट किसानहरूको क्षमता अभिवृद्धि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरूलाई कृषि खेती, पशुपंक्षी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ । 

    उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैङ्किङ्ग लिमिटेडले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको सेयर सार्वजनिक निष्काशन सम्बन्धि कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएका छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरूबाट सेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    प्रकाशित मिति :भाद्र १३ २०८० बुधवार - १३:३२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij