Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

साइबर हिंसाका घटना बढ्दै, सांसददेखि नायिकतासम्म निसानामा

साइबर हिंसाका घटना बढ्दै, सांसददेखि नायिकतासम्म निसानामा


  • 2.0K
    Shares

    साइबर हिंसाका घटना बढ्दै, सांसददेखि नायिकतासम्म निसानामा

    काठमाडौँ । सामाजिक सञ्जाल र मिडियामार्फत अनेक किसिमले प्रताडित भइन्– नायिका करिस्मा मानन्धर। सहनै नसक्ने अवस्थामा पुगेपछि उपचार खोज्दै उनी नेपाल प्रहरीको साइबर ब्युरो पुगिन् आफूमाथि साइबर हिंसा गर्नेलाई कारबाही गराउन माग गर्दै अदालतसम्म पुगिन्। 

    उनले भनिन्, “म सार्वजनिक व्यक्ति त हुँ तर मेरो पनि आफ्नो निजी जीवन छ, जोसुकैले जथाभाबी रूपमा भन्न वा लेख्न पाइन्न भनेर म उपचार खोज्न गएकी हुँ।” 

    कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ पनि यस्तो हिंसाबाट पीडित छन्। प्रदेश नामकरणको विषयलाई लिएर आफूमाथि अनेकौँ लान्छना सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत आइरहेको उनले बताइन् । 

    उनीहरू अनलाइन हिंसा भोग्ने प्रतिनिधि पात्र हुन्। कतिपय अवस्थामा कहाँ जाने र के गर्ने भन्ने अन्योलले पनि हिंसा भोग्नेहरू चुप लाग्नु परेको बाध्यता अपाङ्ग महिला सङ्घकी देवु पराजुली बताउछिन्। उनको संस्थामा रहेका हिंसापीडित अपाङ्गता भएका महिलामाथि नै दाता बनेर आएका प्रतिष्ठित व्यक्तिले नै थप हिंसा गर्न खोजेको बताइन् । पराजुलीले भनिन्, “प्रहरीमा जाँदा जुन देशमा बस्ने हो, त्यहीँको कानुन आकर्षित हुने भएकाले त्यतै जान भन्नुहुन्छ। कहाँ गएर के गर्ने अन्योलमा छौँ।” 

    केही समयअघि सहयोग गर्छु भन्दै क्यानडाका लागि शान्तिदूत तोकिएका एक प्रतिष्ठित व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूकहाँ रहेका युवती र महिलामाथि हिंसाजन्य क्रियाकलाप गर्न खोजेको आरोप उनको छ। 

    अनलाइनमार्फत हुने हिंसाको सिकार हुने पत्रकार महिलाको सङ्ख्या पनि उच्च छ। शिक्षित व्यक्तित्व, व्यवसायी, प्रहरी र कम साक्षर महिला हरेक दिनजसो ठुलो सङ्ख्यामा अनलाइन हिंसाको सिकार हुन बाध्य छन्। यो समाचार गोरखापत्र दैनिकमा छ । 

    प्रकाशित मिति :भाद्र ८ २०८० शुक्रवार - ०६:०६:३४ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij