Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

दुई महिनामा मनसुनजन्य विपत्तीबाट ७२ को मृत्यु, ९ अर्ब २९ करोडको क्षति

दुई महिनामा मनसुनजन्य विपत्तीबाट ७२ को मृत्यु, ९ अर्ब २९ करोडको क्षति


  • 2.2K
    Shares

    दुई महिनामा मनसुनजन्य विपत्तीबाट ७२ को मृत्यु, ९ अर्ब २९ करोडको क्षति

    काठमाडौं । नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ । आज भदौ ६ गते (बुधबारसम्म) मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । ११५ जना घाइते भएका छन् । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार पहिरोबाट सबैभन्दा बढी ३८ जनाको मृत्यु भएको छ । बाढीबाट ११ जनाको ज्यान जाँदा चट्याङबाट २१ जनाको ज्यान गएको छ । भारी बर्षाका कारण दुई जनाको ज्यान गएको उनले बताए । खड्काका अनुसार मनसुनका कारण नौ अर्ब २९ करोड बराबरको क्षति भएको छ । 

    चट्याङ्ले सबैभन्दा बढी घाइते भएका छन् । यसबाट ४३ जना घाइते भएको देखिएको छ । पहिरोबाट ४० जना घाइते हुँदा बाढीबाट पाँच जना घाइते भएका छन् । भारी बर्षाका कारण १२ जना घाइते भएका छन् । सबैभन्दा बढी बाढीबाट बेपत्ता भएका छन् ।

    बाढीबाट २० जना बेपत्ता हुँदा पहिरोबाट नौ बेपत्ता छन् । नेपालमा मनसुन भित्रिएसँगै पूर्वमा ठुलो पानी परेकाले त्यहाँ धेरै क्षति भएको छ । उनले भने, ‘‘यसपालिको मनसुनको दुई महिनाको क्षतिलाई विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति पहिरोबाट भएको छ । बाढी र पहिरोले पूर्वी भागमा क्षति पनि बढी भएको छ ।’’ यो समाचार गोरखापत्र दैनिकमा छ । 

    प्रकाशित मिति :भाद्र ७ २०८० बिहिवार - ०५:५५:५५ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij