Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पहिलो महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब

पहिलो महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब


  • 2.8K
    Shares

    पहिलो महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब

    काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नै १ खर्ब १५ अर्ब २८ करोड ६ लाख ५६ हजारको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारमा सीमित रहेको छ ।

    व्यापार घाटा भए तापनि यो अघिल्ला वर्षभन्दा ७६ करोड ६० लाख ५० हजारले कम हो । गत साउनमा आयातबाट मात्र कुल ३२ अर्ब ३३ करोड ७३ लाख ३५ हजार रुपैयाँ राजस्व उठेको छ ।

    भन्सार विभागका अनुसार गत वर्ष साउन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा वस्तु तथा सेवा आयातमा कमी आएकाले व्यापार घाटा पनि कमी आएको हो । विभागले गत वर्षभन्दा १ दशमलव ५६ प्रतिशतले कम आयात भएको जनाएको छ ।

    गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु आयात भएको थियो । गत साउनमा नेपालबाट अन्य देशमा हुने निर्यात ८ दशमलव ६५ प्रतिशतले घटेको पनि विभागले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :भाद्र ७ २०८० बिहिवार - ०५:४८:५६ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij