Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्से परिसूचकमा २८ अङ्कले गिरावट हुदाँ कारोबार रकम १ अर्ब ७३ करोड, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

नेप्से परिसूचकमा २८ अङ्कले गिरावट हुदाँ कारोबार रकम १ अर्ब ७३ करोड, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?


  • 2.5K
    Shares

    नेप्से परिसूचकमा २८ अङ्कले गिरावट हुदाँ कारोबार रकम १ अर्ब ७३ करोड, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

    काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन आज (मंगलबार) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यसअघि आइतबार र सोमबार निरन्तर ओरालो लागेको सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो।

    नेप्से परिसूचक २८.४० अंकले बढेर २०१९.८५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.८६ अंकले घटेर ३८५.५६ विन्दुमा अडिएको छ। यसदिन २६५ कम्पनीको  ४८ लाख ६० हजार ७४१ कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँमा कारोबार भयो।

    सोमबार नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ विन्दुमा पुगेको थियो। सो दिन २ अर्ब ३३ करोड  ३५ लाख मूल्य बराबरको सेयर कारोबार भएको  थियो। त्यसअघि आइतबार नेप्से परिसूचक ३८ अंकले  घटेको थियो। सो दिन २ अर्ब ६८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

    सेयर बजार दोहोरो अंकले ओरालो लागेपनि दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वरोजगार लघु वित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशत र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको हो। 

    कारोबार रकमका  आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड बढि मूल्यको सेयर कारोबार भयो। यसैगरी शिवम सिमेन्टको ६ करोड र एभरेष्ट बैंकको ४ करोड बढि मूल्यको सेयर कारोबार भयो। 

    कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका  छन्। आज १९८ कम्पनीको मूल्य घट्दा २२ को मात्रै बढ्यो। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १५:०१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij