Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७८ कराेड रुपैयाँकाे काराेबार

झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७८ कराेड रुपैयाँकाे काराेबार


  • 2.7K
    Shares

    झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७८ कराेड रुपैयाँकाे काराेबार

    काठमाडौं । काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन अङ्कले बढेर दुई हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ ।

    आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ । भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै सपोर्ट लघुवित्त र एनआईबीएल ग्रोथ फन्डको शेयर १० प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनान्सको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज दुई सय ६२ वटा कम्पनीका ५१ लाख ३० हजार कित्ता शेयर किनबेच भएका छन् । ४० हजार सात सय पटक भएका कारोबारबाट एक अर्ब ७८ करोड १९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको नौ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - १४:३१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij