Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सेवाग्राहीसँग घुस लिएको आरोपमा इन्जिनियर विरुद्व भ्रष्टाचार मुद्दा दर्ता

सेवाग्राहीसँग घुस लिएको आरोपमा इन्जिनियर विरुद्व भ्रष्टाचार मुद्दा दर्ता


  • 2.8K
    Shares

    सेवाग्राहीसँग घुस लिएको आरोपमा इन्जिनियर विरुद्व भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौँ । रूपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो। 

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

    यादवले कोटहीमाई गाउँपालिका-७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात् भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग ४५ हजार रुपियाँ घुस लिएको आरोप लागेको आयोगले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १५ २०८० सोमवार - १६:५८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij