Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

झिनो अंकले बढ्यो नेप्से,  कारोबार रकम भने घट्यो

झिनो अंकले बढ्यो नेप्से,  कारोबार रकम भने घट्यो


  • 2.6K
    Shares

    झिनो अंकले बढ्यो नेप्से,  कारोबार रकम भने घट्यो

    काठमाडौं । लगातारको गिरावटपछि शेयर बजार सामान्य अंकले बढेको छ। भने कारोबार रकम ह्वातै घटेको छ । साताको दोस्रो दिन नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा कायम भएको छ । गत सातादेखि ओरालो झरेको बजार आज सामान्य अंकले बढेको हो ।

    सोमबार बजारमा ५५ लाख ३१ हजार ७३७ कित्ताको खरिदबिक्री हुदा १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ । आइतबार मात्रै २ अर्ब ५० करोड बढिको कारोबार भएको थियो भने, आज कारोबार रकम ह्वातै घटेको छ ।

    सनराईज ब्लूचीप फण्ड, बालेफी हाइड्रोपावर र एनआइसी एसीया फिलेक्सि क्याप फण्डले सर्वाधिक नाफा कमाएको छ । भने, वेस्ट नेपाल लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई बैंक लिमिटेड डेबेन्चर-२०८६ र एसीयन आइड्रोपावर लिमिटेडले सर्वाधिक गुमाएका छन् । उपसमूहतर्फ तिनबटा समूहबाहेक बाकि १० वटैको सेयरमुल्यमा गिरावट आएको छ ।

    प्रकाशित मिति :श्रावण १५ २०८० सोमवार - १४:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij