२०८२ माघ १० गते शनिवार
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बरामद भएको सय किलो सुनको वास्तविक मालिक खोजि रहेको राजस्व अनुसन्धान विभागले सुन प्रशोधन गर्ने कारखाना फेला पारी सिल गरेको छ।
शुक्रबार र शनिबार विभागको टोलीले काठमाडौंको टोखामा कृषि फार्मभित्र सञ्चालित सुन प्रशोधन गर्ने कारखाना पत्ता लगाएको हो। उच्च स्रोतका अनुसार त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुन पहिलो चरणमा बालुवाटारमा रहेको ली जिक्वाङको कारखानामा लगी प्रशोधनका लागि टोखा पुर्याउने गरेको पाइएको छ।
करिब ७ सय किलो सुन त्यहीँ प्रशोधन भएर नेपाली बजार र भारतमा पुर्याइएको विभागले जानकारी दिए, ‘यो सुनका सञ्चालकले नै हङकङबाट साउन २ मा सुन ल्याएको हुनसक्छ। यद्यपि यसको कनेक्सन केलाउने काम भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij