२०८२ भाद्र २२ गते आइतवार
दाङ । दाङमा खोलामा डुबेर बेपत्ता भएका एक युवकको शव चार दिनपछि फेला परेको छ । गएको मङ्गलवार जङ्गुवा खोलामा डुबेर बेपत्ता भएका घोराही उपमहानगरपालिका वडा नम्बर १० का २८ वर्षीय सुनिल पुन मगरको शव आज शुक्रवार फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटेको प्रहरी टोलीले उनको लगातार खोजी गरिरहेको थियो । उनको शव घटनास्थलदेखि अन्दाजी ३०० मिटर तल हिलोमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij