Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

आगलागीपछि करेन्ट लागेर लमजुङमा वृद्धको मृत्यु

आगलागीपछि करेन्ट लागेर लमजुङमा वृद्धको मृत्यु


  • 2.7K
    Shares

    आगलागीपछि करेन्ट लागेर लमजुङमा वृद्धको मृत्यु
    images

    लमजुङ । लमजुङमा ग्यास लिक भएर आगलागी भएपछि करेन्ट लागेर एकजना वृद्धको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपाल६, बाहुनडाँडा दिङदिङका ७३ वर्षीय लक्षीबहादुर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आफ्नो घरमा खाना बनाउने क्रममा शुक्रबार बिहान ९ बजेतिर ग्यास लिक भएर आगलागी भएको र फ्रिजको तार छुटाउने क्रममा अधिकारीलाई करेन्ट लागेको थियो । 

    करेन्ट लागेर अधिकारीको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । मृतकको बेंसीसहरस्थित लमजुङ अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

    घरमा आगलागीपछि निभाउने क्रममा ४२ वर्षीय डिलप्रसाद अधिकारी सामान्य घाइते भएका छन् । उनको हातमा चोट लागेको प्रहरीले जनाएको छ । उनको लमजुङ अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट घरमा भने धेरै क्षति नपुगेको प्रहरीले जनाएको छ ।

     

     

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - १४:५५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij