२०८२ भाद्र २२ गते आइतवार
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि ४ को पानीघाटमाथि मारूती भेन दुर्घटना भएको छ । शुक्रबार भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिए । वा १० च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा चालक २० वर्षीय नवराज ठोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको डीएसपी अधिकारीले बताए ।
गाडी के कारणले दुर्घटना भएको हो भन्ने खुलेको छैन । गाडी सडकबाट पाँच सय मिटर तलको अर्को सडकमा खसेर कच्याककुचुक भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij