२०८२ माघ १० गते शनिवार
गोरखा। गोरखा शाखामा रहेको नेपाल पत्रकार महासंघले एकलौटी रुपमा निर्णय गदै जिल्लामा क्रियाशिल पत्रकारहरुको सदस्यता खारेजीको सिफारिस गरेपछि प्रेस सेन्टर नेपाल जिल्ला समन्व्य समिति गोरखाले गएको असार ५ गते लगाइएको ताला हिजो खुलेको हो ।
महासंघ गण्डकी प्रदेश समितिको मंगलवार बसेको बैठकले गोरखा शाखाले सिफारिस गरेको सदस्यता खारेजीको सिफारिस अस्विकृत गरी क्रियाशिल पत्रकारहरुको सदस्यता नवीकरण गर्ने निर्णय गरेपछि प्रेस सेन्टरले ताला खोलेको गोरखाका अध्यक्ष दानबहादुुर गुरुङले आज जानकारी दिए ।
साथै प्रदेश समितिको न्यायिक निर्णयले शुद्धीकरण मापदण्ड विपरीत हुनेगरी पत्रकारितामा क्रियाशील रहेका पत्रकारहरुको नै नवीकरण गर्न हुँदैन भनि महासंघ गोरखा शाखा नेतृत्वले गरेको निर्णय लाजमर्दो र षडयन्त्रमूलक हर्कत भएको पुष्टि मात्र नभई नेतृत्वको षड्यन्त्रमुलक प्रवृत्तिलाई उदाङ्गो पारिदिएको अध्यक्ष गुरुङले जारी गरेका बिज्ञप्तिमा उल्लेख छ ।
आगामी दिन श्रमजीवी पत्रकारको अधिकार खोस्ने गरि गरिने सबै खालका हर्कतहरु रोक्न संगठनले बिज्ञप्ति मार्फत कडा चेतावनी समेत दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij