Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

सप्तरीमा युवक मृत फेला, हत्याको आशंका

सप्तरीमा युवक मृत फेला, हत्याको आशंका


  • 2.4K
    Shares

    सप्तरीमा युवक मृत फेला, हत्याको आशंका
    images

    सप्तरी । सप्तरीमा एक युवक मृत फेला परेका छन्। आज बिहान साढे ६ बजे हनुमाननगर कंकालिनी नगरपालिका-१० इनरूवाका २१ वर्षीय तिरिकनारायण मण्डल मृत फेला परेको  सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए।

    डिएसपीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका-७ मनसापुरस्थित भित्री सडक किनाराको नहरमा मण्डल मृत फेला परेका हुन्। शवको प्रकृति हेर्दा उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको सिंहले बताए । 

    सोही घटनास्थलमा हुनुमाननगर कंकालिनी नगरपालिका-११ का अजय मण्डल गम्भीर घाइते अवस्थामा फेला परेको थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएको सिंहले बताए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको सिंहले बताए ।

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - ०९:४२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij