Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

बरामद भएको १०० किलो सुन 'प्रत्यक्ष प्रसारण' गरेर गाल्ने तयारी

बरामद भएको १०० किलो सुन 'प्रत्यक्ष प्रसारण' गरेर गाल्ने तयारी


  • 3.0K
    Shares

    बरामद भएको १०० किलो सुन 'प्रत्यक्ष प्रसारण' गरेर गाल्ने तयारी
    images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको करिब १०० किलो सुन प्रत्यक्ष प्रसारण गरेर गाल्ने तयारी राजस्व अनुसन्धान विभागले गरेको छ।

    राजस्व अनुसन्धान विभागले बरामद ८ पोका सुन राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाएको छ । राष्ट्र बैङ्कका अधिकारीहरूका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ । तर, गाल्ने प्रक्रिया सुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ ।

    विभागले प्रत्यक्ष प्रसारण (लाइभ) गरेर सुन गाल्ने र तौलिने तयारी गरेको छ । ‘प्रत्यक्ष प्रसारण’ गरेर सुन गाल्नेबारे छलफल भइरहेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए । उनले भने, ‘त्यो विषय अहिले छलफलकै क्रममा छ ।’

     

    प्रकाशित मिति :श्रावण ११ २०८० बिहिवार - १७:२५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij