Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

भारत लैजाँदै गरेको १ सय ३४ कार्टुन स्याउ बरामद

भारत लैजाँदै गरेको १ सय ३४ कार्टुन स्याउ बरामद


  • 2.4K
    Shares

    भारत लैजाँदै गरेको १ सय ३४ कार्टुन स्याउ बरामद
    images

    काठमाडौँ । अवैध रूपमा भारत तस्करी गरिरहेको स्याउ  सशस्त्र प्रहरीले सिरहा जिल्लाबाट २९ लाख रुपैयाँ बराबरको स्याउसहित मिनीट्रक बरामद गरेको छ।

    सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ देवनगर र झाँझपट्टीको सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब ३० लाख ३६ हजार रुपैयाँ बराबरको स्याउसहित एउटा मिनिट्रक नियन्त्रणमा लिएको हो।

    स १ ख ६०० नम्बरको मिनिट्रकमा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको १ सय ३४ कार्टुन स्याउसहितको ट्रक प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा, बिओपी नवराजपुर र सुरक्षा बेश सुखिपुरले नियन्त्रणमा लिएको हो।

    ट्रकका चालक भने सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथै ट्रक छाडी फरार भएका थिए।

    प्रकाशित मिति :श्रावण ११ २०८० बिहिवार - १६:५१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij