२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । कुमारी क्यापिटल लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग जोडिएको छ ।
भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको क्यापिटलले जानकारी दिएको छ ।
उक्त सम्झौतामा क्यपिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात् क्यापिटलको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबार गर्न सकिने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij