Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

नबिल एसएसई फेलोसिपको तेस्रो ब्याचका लागि आवेदन खुला

नबिल एसएसई फेलोसिपको तेस्रो ब्याचका लागि आवेदन खुला


  • 1.9K
    Shares

    नबिल एसएसई फेलोसिपको तेस्रो ब्याचका लागि आवेदन खुला
    images

    काठमाडौं । नबिल बैंकले ‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसई अन्तर्गत तेस्रो ब्याचका लागि फेलोसिप कार्यक्रमको आवदेन खुल्ला गरेको छ ।

    त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्षदेखि माथिका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् ।

    नबिल एसएसईको फेसबुक पेजमा रहेको लिंकमा गई गुगल फारमबाट वा नबिल बैंकको वेभसाइटबाट पनि फारम भर्न सकिन्छ । ६ महिनासम्म चल्ने यो कार्यक्रममा साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने शैलीमा हुनेछ ।

    तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसअघि फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरि सकेका छन् ।

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १४:५०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij