Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२५ अङ्कले बढ्यो शेयर बजार, ३ अर्ब बराबरको कारोबार

२५ अङ्कले बढ्यो शेयर बजार, ३ अर्ब बराबरको कारोबार


  • 2.7K
    Shares

    २५ अङ्कले बढ्यो शेयर बजार, ३ अर्ब बराबरको कारोबार

    काठमाडौँ । हिजो मङ्गलवार साढे चार अङ्कले घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ विन्दुमा पुगेको छ ।

    आज फाइनान्स र होटल बाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज शिवश्री हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, रिभर फल्स पावर, शुभम् पावर, लक्ष्मी इक्युटी फन्ड र एनआईसी एसिया फन्डको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज रावा इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

    हिजो दुई अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ८५ लाख चार हजार कित्ता शेयर तीन अर्ब १८ करोड ७६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३३ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

     

    प्रकाशित मिति :आषाढ २७ २०८० बुधवार - १४:४०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij