Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सडक देखि हवाई उडान समेत प्रभावित हुनसक्ने

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सडक देखि हवाई उडान समेत प्रभावित हुनसक्ने


  • 2.1K
    Shares

    आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सडक देखि हवाई उडान समेत प्रभावित हुनसक्ने
    images

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

    दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा/हुरीको पनि सम्भावना रहेको छ।

    राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

     

    प्रकाशित मिति :आषाढ २७ २०८० बुधवार - १०:०१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij