Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली बोल्दाबोल्दै बालिकाले माइक खोसेपछि..

ओली बोल्दाबोल्दै बालिकाले माइक खोसेपछि..


  • 2.5K
    Shares

    ओली बोल्दाबोल्दै बालिकाले माइक खोसेपछि..

    काठमाडौँ । मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै थिए । नेकपा एमाले बागमती संगठन कमिटीको सातौँ बैठकलाई ओलीले सम्बोधन गरिरहेका बेला एक बालिका एकाएक मञ्चमा पुगिन् ।

    ती बच्चा मञ्चमा पुगेपछि ओलीले बोल्न रोकेर उनीतर्फ हात फैलाए । ती बालिकालाई तानेर आफू छेवैमा राखेका ओलीले उनी बोल्दै गरेको माइक खोसिन् र बोल्न थालिन् । बालिकाले माइक समातेर केहीबेर ‘फु..फु..’गरिन् । 

    बालिकाले माइकमा बोलेको भने बुझिएन । बालिका अझै बोल्न खोजेपछि ओली आफैले ती बालिकालाई अर्को माइक तानेर मुखछेउमा लगिदिए । ती बालिकाले पुन बोलिन तर कुरा बुझिएन । करिब १ मिनेटजति बोलेपछि ती बालिकालाई कसैले मञ्चबाट लग्यो ।

    मञ्च छाड्नुअघि ओलीले बालिकालाई भने, छोरी अव तिमी र म भरेभरे फोटो खिच्नुपर्छ है !’ ती बालिकाले समातेको माइकमा ओलीका सहयोगीहरुले सेनिटाइजर छर्के । अनि ओली पुन बोल्न थाले । भने, ‘नातिनीले नेता हुने छाँट देखाइन् ।’

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - १४:२२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij