Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

कोशी सरकार विरुद्धको रिट श्रेष्ठको एकल इजलासमा

कोशी सरकार विरुद्धको रिट श्रेष्ठको एकल इजलासमा


  • 1.9K
    Shares

    कोशी सरकार विरुद्धको रिट श्रेष्ठको एकल इजलासमा
    images

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्धको रिट आज सुनुवाईका लागि पेसी तोकिएको छ ।

    गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुत्ति, बदर गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।

    आइतबार उक्त रिट न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सोमबार सुष्मालता माथेमाको एकल इजलासमा परेर पनि सुनुवाई हुन सकेको थिएन ।

    मुख्यमन्त्रीमा नियुक्त हुन बहुमत नपुगेपछि थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेका थिए । दल त्याग गरिसकेको सभामुखलाई सरकार बनाउने खेलमा सामेल गरेको भन्दै चौतर्फी आलोचना भईरहेको छ ।

     

     

     

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - १०:०४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij