Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्से दोहोरो अङ्कले बढ्यो, दुई अर्ब ५७ करोडको कारोबार

नेप्से दोहोरो अङ्कले बढ्यो, दुई अर्ब ५७ करोडको कारोबार


  • 2.5K
    Shares

    नेप्से दोहोरो अङ्कले बढ्यो, दुई अर्ब ५७ करोडको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा पुगेको छ ।

    आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात सय ३१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ बराबरको कारोबार भएको छ ।
     
    नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक सय ३३ दशमलव  ३४ र निर्जीवन बीमा समूह ७८ दशमलव ०७ अङ्कले बढेको छ । बैंकिङ समूह एक दशमलव ०७, विकास बैंक ३१ दशमलव ०५, वित्त ३५ दशमलव ३४, जलविद्युत् तीन दशमलव १६, लगानी शून्य दशमलव ९९ र जीवन बीमा ३० दशमलव ५० अंकले बढेको छ । 

    त्यसैगरी, उत्पादन तथा प्रशोधन ४० दशमलव ०८, लघुवित्त ३० दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव  ०२, व्यापार १५ दशमलव  ८१ र अन्य समूह १५ दशमलव ८१ अङ्कले बढेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नागरिक लगानी कोषको रू १२ करोड १७ लाख आठ सय ३० बराबरको शेयर खरिदबिक्री भएको छ ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - १४:५६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij