Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शेयर बजार सामान्य घट्याे, ४ अर्ब ७४ कराेड रुपैयाँकाे काराेबार

शेयर बजार सामान्य घट्याे, ४ अर्ब ७४ कराेड रुपैयाँकाे काराेबार


  • 3.7K
    Shares

    शेयर बजार सामान्य घट्याे, ४ अर्ब ७४ कराेड रुपैयाँकाे काराेबार

    काठमाण्डौ ।  (आइतवार) उच्च अङ्कले बढेको शेयर बजार आज (सोमवार) भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ विन्दुमा झरेको छ ।

    आज विकास बैंक, फाइनान्स, लगानी, म्युचल फन्ड र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बिमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।

    दुई सय ७६ वटा कम्पनीका एक करोड २९ लाख कित्ता शेयर चार अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २९ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी, वीपीडब्ल्यू लघुवित्त र मेन्छ्याम हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ ।

    प्रकाशित मिति :आषाढ ४ २०८० सोमवार - १४:४३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij