२०८२ आश्विन २७ गते सोमवार
सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
आजै प्रदेश सभामा पेस भएको उक्त बजेटमा ९ अर्ब ५९ करोड चालु तर्फ विनियोजन गरिएको छ। पुँजीगत तर्फ १७ अर्ब २ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको छ। अन्तर सरकारी वित्त हस्तान्तरण तर्फ २ अर्ब ३४ करोड र वित्तीय व्यवस्था तर्फ ३० करोड विनियोजन गरेको छ।
प्रदेश सरकारले आन्तरिक राजस्वबाट १ अर्ब ५० करोड, नेपाल सरकारबाट बाँडफाँड भएको राजस्वबाट ९ अर्ब ४१ करोड, संघीय बाँडफाँड ६ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५२ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५१ करोड १६ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट ३ अर्ब ८६ करोड, समपूरक अनुदानबाट ७७ करोड र विशेष अनुदानबाट ६२ करोड जुटाउने लक्ष्य लिएको छ।
पूर्णपाठः
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij