२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि आज दिउँसो सिंगापुर जाने भएका छन् । आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् उनी सिंगापुर जाने कार्यक्रम तय भएको बताएको छ।
सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेका हुन्। देउवा सचिवालयका अनुसार पेटसम्बन्धी समस्या देखिएकाले नियमित फलोअपका लागि सिंगापुर अस्पतालमा जान लागिएको हो ।
देउवाको साथमा पत्नी डा.आरजु देउवा पनि सिंगापुर जान लागेकी छन्। उनीहरु एक सातापछि स्वदेश फर्कने कार्यक्रम छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij