Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यो सातामा ७३ अंकले बढ्यो नेप्से, १० अर्ब १५ करोड बराबरको कारोबार

यो सातामा ७३ अंकले बढ्यो नेप्से, १० अर्ब १५ करोड बराबरको कारोबार


  • 2.8K
    Shares

    यो सातामा ७३ अंकले बढ्यो नेप्से, १० अर्ब १५ करोड बराबरको कारोबार

    काठमाडौँ । अघिल्लो साता झन्डै ९३ अङ्कले बढ्दै १८ सय ६६ अङ्कको विन्दुमा उक्लिएको नेप्से सूचकमा यो साता थप ७३ अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यो साता नेप्से सूचक ७३.२७ अङ्कले बढ्दै १९३९.६१ अङ्कको विन्दुमा उक्लिएको हो ।

    अघिल्ला साताको अन्तिम कारोबार दिन बिहीबार अर्थात् जेठ १८ गते नेप्से सूचक १८ सय ६६.३४ अङ्कको विन्दुमा रहेको थियो भने यो साताको बिहीबार १९ सय ३९.६१ अङ्कको विन्दुमा पुगेको छ ।यद्यपि, अघिल्लो साताको तुलनामा केही अङ्कले नेप्से सूचक वृद्धि घट्दै गर्दा यता कारोबार रकम समेत घट्न पुगेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १० अर्ब १५ करोड २१ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  अघिल्लो हप्ता झन्डै ९३ अङ्कले नेप्से बढेको बजारमा १० अर्ब ७४ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको थियो । 

     

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १४:३७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij