२०८२ माघ ७ गते बुधवार
काठमाडौं । धादिङको गजुरीस्थित त्रिशुली नदी किनारमा एक वृद्ध मृत अवस्थामा भेटिएका छन्।
गजुरी गाउँपालिका–५ गजुरीस्थित त्रिशुली नदीको किनारमा नुवाकोटको विदुर नगरपालिका–३ सिर्खाली बस्ने ८० वर्षीय कृष्णबहादुर रिमाल शनिबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
उनको मृत शरीरलाई पोस्टमार्टम गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij