Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कुथेली बुखरी हाइड्रोले जेठ १९ गतेदेखि आइपीओ निष्काशन गर्दै

कुथेली बुखरी हाइड्रोले जेठ १९ गतेदेखि आइपीओ निष्काशन गर्दै


  • 2.6K
    Shares

    कुथेली बुखरी हाइड्रोले जेठ १९ गतेदेखि आइपीओ निष्काशन गर्दै

    काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावरले वैदेशिक रोजगारमा गएका नेपाली र आयोजना प्रभावितलाई जेठ १९ गतेदेखि प्राथमिक सेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

    असार ३ गतेसम्म आवेदन पेश गर्न मिल्ने कम्पनीले जनाएको छ । स्थानीयबाट पर्याप्त आवेदन नआए असार १७ गतेसम्म म्याद थप्नेछ । स्थानीयले १ लाख २१ हजार ८६८ कित्तामा आवेदन दिन सक्नेछन् । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–९ र भीमेश्वर नगरपालिका–१ का बासिन्दाले आइपीओ पाउनेछन् ।

    त्यसैगरी वैदेशिक रोजगारीमा गएकालाई १२ हजार १८६ कित्ता छुट्याएको छ। न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन पेश गर्न मिल्छ ।

    कम्पनीले ०।९९८ मेगावाटको सुष्पा बुखरी खोला जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजनाको कुल लागत २४ करोड ७५ लाख रुपैयाँ अनुमान गरेको छ । तर, प्रति मेगावाट लागत २४ करोड ८० लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - ०९:२६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij