Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भारतीय विदेश सचिव आउँदै

भारतीय विदेश सचिव आउँदै


  • 6.5K
    Shares

    भारतीय विदेश सचिव आउँदै

    काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउनुहुने भएको छ ।

    दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुने जनाएको छ ।

     बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले आज अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । विदेश सचिव श्रृङ्गाला मङ्सिर १२ गते नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ । रासस

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - १६:०५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij