Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

३२ अंकले बढ्यो नेप्से, १ अर्ब ४७ करोडको कारोबार

३२ अंकले बढ्यो नेप्से, १ अर्ब ४७ करोडको कारोबार


  • 2.9K
    Shares

    ३२ अंकले बढ्यो नेप्से, १ अर्ब ४७ करोडको कारोबार

    काठमाडौँ । नेप्से सूचक बढेर १८ सय ७७ अंकको विन्दुमा उक्लिएको छ । आज नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा उक्लिएको हो । आज कारोबार रकम समेत बढेर १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

    आज १३ वटै उपसूचक धनात्मक हुँदै गर्दा दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज हिमालय ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको हो । यता नबिल ग्रोथ फन्डका लगानीकर्ताहरूले भने आज ३.१४ प्रतिशतले गुमाउन पुगेका छन् । 

    आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटको करिब नजिक नजिक आइपुग्दा सेयर बजारले समेत सकारात्मक बाटो लिएको छ । १८ सय २१ को विन्दुबाट सुरु भएको यो साताको सेयर कारोबार ५६ अंकमाथिले बढ्दै  बिहीबार १८ सय ७७ अंकको विन्दुमा पुगेको हो । 

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - १५:१८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij