२०८२ भाद्र २ गते सोमवार
नियमित ओरालो लागेको सेयर बजारमा आज सामान्य अंकले सुधार आएको छ। नेप्से परिसूचक ३.२९ अंकले घटेर १८२१.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले घटेको छ। नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ।
यसदिन २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँमा खरिदबिक्री भयो। सोमबार ७२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ६४ करोड बराबरको मात्रै सेयर कारोबार भएको हो।
आज आत्मनिर्भर लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। माया खोला हाइड्रोपावरको सेयर मूल्य ५.७० प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा एनआईसी एसिया शीर्षस्थानमा रह्यो। सो बैंकको ५ करोड १ लाख मूल्यको सेयर कारोबार भयो। यस्तै शिवम् सिमेन्टको २ करोड ८८ लाख र नविल बैंकको २ लाख १६ हजार मूल्यको सेयर खरिदबिक्री भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो। बैंकिङ र अदर्श उपसमूहको सूचक ओरालो लाग्दा बाँकी उपसमूहको सूचक बढेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij