Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मिनी संसद सक्रिय हुन थाले, अर्जुननरसिंह केसीको अध्यक्षतामा बस्यो बैठक

मिनी संसद सक्रिय हुन थाले, अर्जुननरसिंह केसीको अध्यक्षतामा बस्यो बैठक


  • 1.6K
    Shares

    मिनी संसद सक्रिय हुन थाले, अर्जुननरसिंह केसीको अध्यक्षतामा बस्यो बैठक

    काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठक बसेको करिब ६ महिनापछि संसदीय समितिहरु सक्रिय हुन थालेका छन् । मिनी संसद भनिने संसदीय समितिहरुको बैठक आजबाट सुरु भएको छ ।

    मंसिर ४ को निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बसेको थियो । तर संसदीय समितिहरू क्रियाशील थिएनन् । दलहरुबीच समितिको भागबण्डा नमिले कारण पनि संसदीय समितिहरु निष्कृय थिए । त्यसबाट सदनको कामकारबाही पनि प्रभावकारी हुन सकेको थिएन ।

    सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश दिन मंगलबार प्रतिनिधि सभाका १० वटै समितिका बैठक राख्न भनेका थिए । सोही अनुसार आज समितिका ज्येष्ठ सदस्यहरुको अध्यक्षतामा संसदीय समितिहरुको बैठक बसेको छ ।

    सार्वजनिक लेखा समितिको बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरेका छन् । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिने प्रचलन अनुसार नेकपा एमालेको भागमा परेको छ । समितिको सभापति चयन नभइसकेकाले पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको रुपमा केसीले गरेका हुन् ।

    यसैगरी पूर्वाधार विकास समितिको बैठकको अध्यक्षता नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर 
    चौधरीले र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको अध्यक्षता नेकपा माओवादी केन्द्रका सांसद रनेन्द्र बराइलीले गरेका छन् ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक
    शिक्षा तथा स्वास्थ्य समितिको बैठक ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद कालुराम राईको अध्यक्षतामा र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक राप्रपाका सांसद पशुपति समशेर जबराको अध्यक्षतामा बसेको छ ।

    प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, पूर्वाधार विकास र सार्वजनिक लेखा समिति छन् ।

    समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, आपसमा परिचय गर्ने र समितिको कार्यक्षेत्रबारे जानकारी गराइएको छ ।

    संसद सचिवालयमा दर्ता भई प्रतिनिधि सभाले सैद्धान्तिक, दफावार छलफलका लागि पठाएका विधेयकलाई निष्कर्षमा पु¥याउनु संसदीय समितिको कार्यजिम्मेवारी तोकिएको छ । प्रतिनिधि सभामा ठूलो संख्या हुने र सबै काम गहिरोसँग अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पुर्याउन चुनौती हुने भएकाले प्रभावकारी कार्यसम्पादन गर्न विश्वभर नै संसदीय समिति प्रणाली अभ्यासमा छन् । अधिकांश संसदीय समिति करिब २५ सदस्यीय छन् ।

    प्रकाशित मिति :जेठ २ २०८० मंगलवार - ०९:५६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij