काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.४३ अंकले वृद्धि हुँदा १८४१.९३ अंकमा बन्द भएको छ ।
आइतबार र सोमबार लगातार दुई कारोबार दिन दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से मंगलबार भने दोहारो अंकले नै बढेको थियो । तर, बुधबार पुनः नेप्सेमा गिरावट भएको छ । बुधबार बजारलाई लिड गर्ने बैंकिङ, विकास बैंक सहित होटल तथा पर्यटन, लगानी, जीवन बीमा लगायतका उपसूचकमा गिरावट भएको छ । वित्त कम्पनी, हाइड्रोपावर उत्पादनमूलक लगायतका उपसूचक भने बढेको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक ०.६ प्रतिशतले वृद्धि हुँदा अन्य उपसूचक सबैभन्दा धेरै ०.७९ प्रतिशतले गिरावट भएको छ ।
बुधबार नेप्सेमा १६ हजार १०० वटा कारोबारमा १९ लाख ४२ हजार ६२६ कित्ता सुचिकृत धितोपत्र कारोबार हुँदा ५८ करोड ९१ लाखको कारोबार भएको हो । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ३ करोड ५६ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ५४ लाख र शिवम् सिमेन्टको ३ करोड २९ लाखको कारोबार भएको छ ।
यता ९.५ प्रतिशत एनसीसी ऋणपत्र २०८८ को मूल्य प्रतिकित्ता ७.२४ प्रतिशतले गिरावट हुँदा मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.४७ प्रतिशत र जल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ५.३६ प्रतिशतले गिरावट भएको छ ।