Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार ?


  • 2.6K
    Shares

    • images
    आज पनि बढ्यो सुनको मूल्य,  प्रतितोला कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ । निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्य बुधबार थप ४ सय रुपैयाँले वृद्धि हुँदै १ लाख ११ हजार ६ सय रुपैयाँमा उक्लिएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख २१ गते हालसम्मकै उच्च मूल्य कायम हुँदै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो । पछिल्लो दिनको मूल्यले पुनः सोही रेकर्ड भेट्ने संकेत गरेको छ । 

    आज तेजावी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ५० रुपैयाँ पुगेको छ ।  यता चाँदीको मूल्य भने गत तीन दिनदेखि स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख २७ २०८० बुधवार - ११:१५:४९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij