२०८२ चैत्र ४ गते बुधवार
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज प्रतितोला ३०० रुपैयाँले बढेर तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार भने सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij