२०८२ चैत्र ४ गते बुधवार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एक हजार २ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलामा एक हजार २ सयले बढेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार भने सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ। आज चाँदी २० रुपैयाँले बढेसँगै प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij