Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आज १७ अंकले बढ्यो नेप्से, ८८ करोड ५५ लाखको कारोबार

आज १७ अंकले बढ्यो नेप्से, ८८ करोड ५५ लाखको कारोबार


  • 2.3K
    Shares

    आज १७ अंकले बढ्यो नेप्से, ८८ करोड ५५ लाखको कारोबार
    images

    काठमाडौं । लगातारको गिरावटपछि मंगलबार भने नेप्से परिसूचक १७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.३६ अंकले बढ्दै १९ सय ५.६८ अंकको विन्दुमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक २.७१ अंकले घट्दै १८ सय ८८.३२ अंकको विन्दुमा अडिएको थियो । 
    यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२७ अंकले बढ्दै ३६३.६५ अंकमा उक्लिएको नेप्सेले जनाएको छ । 

    यद्यपि, कारोबार रकम भने खासै सुधार आउन सकेन । १७ अंकमाथिले नेप्से बढ्दैगर्दा यता जम्मा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । 
    आज म्युचुअल फण्ड बाहेकका १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक १.९२ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो १.८२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.६५ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.४१ प्रतिशतले र फाइनान्स समूह १.६५ प्रतिशतले बढेको छ । 

    म्युचुअल फण्डको उपसूचक भने आज झिनो (०.०९ प्रतिशत) अंकले घटेको छ ।

    प्रकाशित मिति :बैशाख १२ २०८० मंगलवार - १४:४५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij